चितवनमा गाईको मासु काट्ने ६ जना प्रहरीको नियन्त्रणमा
चितवन । चितवनको खैरहनी नगरपालिका-१० बडगाउँस्थित केराबारीभित्र गाईको मासु काट्दै गरेको अवस्थामा प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको छ ।
सोमबार (आज) दिउँसो गाईको मासु काट्दै छ भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरहनीको मोबाईल कमाण्डर प्रहरी नायव निरीक्षक उज्वलराज चितुवालको कमाण्डमा टोलिले छ जनालाई नियन्त्रणमा लिएको चितवन प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।