गैँडाकोटमा बहुभाषिक अनुसन्धानात्मक पत्रिका ‘प्रज्ञालोक’को विमोचन 

२०७८ असोज १९ मंगलबार १७:४०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा बहुभाषिक अनुसन्धानात्मक पत्रिका प्रज्ञालोक अंक ३ को विमोचन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि कविवर गोविन्दराज विनोदीले पत्रिकाको विमोचन गर्नुभएको हो । कार्यक्रममा कालिका संस्कृत विद्यापीठ सञ्चालक समितिका अध्यक्ष तिलकप्रसाद सापकोटा, विद्यापीठ परिवारका सदस्यहरूका साथै स्थानीय लब्धप्रतिष्ठित महानुभावहरुको उपस्थिती रहेको थियो । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ, कालिका संस्कृत विद्यापीठ एकाइ समितिका सभापति खिमानन्द शर्माको सभापतित्व कार्यक्रम सम्पन्न भएको हो ।