जिइएस इन्नोभेसन फेस्टमा विद्यार्थी रमाए

२०८२ मङ्सिर १० बुधबार १२:४०:०० मा प्रकाशित


नवलपरासी पूर्व । गैँडाकोट ईंङ्लिस स्कुलले मंगलबार विद्यालयमा जिइएस इन्नोभेसन फेस्ट २०८२  कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा विद्यार्थीले गणित तथा विज्ञान विषयसँग सम्बन्धित विभिन्न आविष्कार तथा परियोजनाहरु प्रदर्शनमा राखेका थिए । साना कक्षाका विद्यार्थीले आर्ट एण्ड क्राफ्ट, ठूला कक्षामा अध्ययनरत विद्यार्थीले गणित तथा विज्ञानका परियोजना प्रदर्शनमा राखेका थिए भने कक्षा ११ र १२ मा  होटल म्यानेजमेण्ट अध्ययनरत विद्यार्थीले विभिन्न परिकार सहितको फुड स्टल राखेको विद्यालयका सहायक प्रिन्सिपल नवराज कंडेलले बताउनुभयो ।

जिइएस इन्नोभेसन फेस्ट २०८२ ले विद्यार्थीहरुलाई रचनात्मक, सिर्जनशील र अन्वेषक बनाउन सहयोग प्रदान गर्ने विद्यालयका प्रिन्सिपल हिरालाल अर्यालले बताउनुभयो । परियोजना तथा रचनात्मक क्रियाकलापमा सहभागि हुन पाउँदा सिकाइ रमाइलो र व्यवहारिक हुने विद्यार्थीहरुले आफ्नो अनुभव सुनाएका थिए । गैँडाकोटको क वर्गको एकमात्र विद्यालय गैँडाकोट ईंग्लीस स्कुलले स्थापना कालदेखिनै परियोजनामा आधारित शिक्षण क्रियाकलापमा जोड दिदै आएको छ ।