कालिका नमुना माविमा विद्यार्थी तथा शिक्षकलाई प्रेरणादायि कार्यक्रम सञ्चालन

२०८२ मङ्सिर १० बुधबार १२:३७:०० मा प्रकाशित


नवलपरासी पूर्व । गैँडाकोट ८ मा अवस्थित कालिका नमुना माध्यमिक विद्यालयले विद्यार्थी तथा शिक्षकहरुलाई प्रेरणामूलक कार्यक्रम गरेको छ । मंगलबार विद्यालयमा विद्यार्थीलाई अनुशासन, संस्कार र कर्मशील बनाउन प्रेरणामुलक कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले बताउनुभयो ।

बुटवलको कालिका माध्यामिक विद्यालयका शिक्षक हरिश वलीले विद्यार्थीलाई अनुशासन, संस्कार र कर्मशील बनाउन प्रशिक्षण प्रदान गर्नुभएको छ । बिहिबारसम्म चल्ने प्रशिक्षण कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई आ–आफ्नो काम कर्तव्य र अधिकारसहित कर्ममा लाग्न प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाले विजय एफएमलाई जानकारी दिनुभयो ।

प्रशिक्षक हरिश वलीले बुवाआमाको भूमिकाका विषयमा विद्यार्थीहरुलाई प्रेरणादायी कक्षा चलाइरहँदा विद्यार्थी तथा शिक्षक भावुक बनिरहेका थिए । कालिका नमुना माध्यामिक विद्यालयले यहि मंसिरमा स्वर्ण महोत्सव समारोह मनाउँदैछ । स्वर्ण महोत्सव समारोहको पूर्वसन्ध्यामा विद्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।