सिग्मा एलाइनर्स सेवा एपोलो डेन्टल क्लिनिकमा सुरु

एलाइनर प्रविधि चितवनमै पहिलो -प्रा. डा. पाण्डे

२०८२ मङ्सिर ६ शनिबार १८:३५:०० मा प्रकाशित

चितवन । एपोलो डेन्टल क्लिनिकले भरतपुरमा सिग्मा एलाइनर्स सेवा सुरु गरेको छ । चितवन भरतपुरको पारस बसपार्क नजिकै रहेको एपोलो डेन्टल क्लिनिकले दन्त उपचारमा नवीनतम प्रविधि प्रयोग गर्दै सिग्मा एलाइनर सेवा सुरु गरेको हो। नदेखिने गरि बिीगे्रको दाँत ठीक गर्ने माउथ गार्ड( एलाइनर)ले बाँगा–ंिटँगा, नमिलेका दाँत तथा दाँतकाबीचका खाली ठाउँ सुधार गर्नका लागी २ दिनभित्र नै तयार हुने क्लिनिकले जनाएको छ । यो प्रबिधि सँगै उपचार प्रक्रियालाई झनै सहज र छिटो बनाउने अपेक्षा गरिएको छ ।


क्लिनिकका अर्थोडेन्टिक्स,डेन्टोफेसियल अर्थोपेडिक्स विशेषज्ञ तथा सह–प्रा. डा. बासुराज पाण्डेले भन्नुभयो, “सिग्मा एलाइनर्स उन्नत डिजिटल थ्री डी स्क्यानिङमार्फत कस्टम–मेड तरिकाले तयार गरिन्छ । पारम्परिक धातुका ब्रेसेसको तुलनामा एलाइनर आरामदायी, बाहिरबाट नदेखिने र दैनिक जीवनमा सहज हुने भएकाले यसको माग पछिल्लो समय उल्लेख्य रूपमा बढिरहेको छ ।
डाक्टर पाण्डेका अनुसार, सिग्मा एलाइनर्स उपचार अवधि छोट्याउने, मुख स्वच्छता सहज बनाउने तथा उपचारको सौन्दर्य पक्षलाई प्राथमिकता दिने भएकाले बिरामीको रोजाइ बढिरहेको छ । उहाँले भन्नुभयो, “यो प्रविधि चितवनमै पहिलोपटक अपोलो डेन्टल क्लिनिकले सञ्चालनमा ल्याएको हो । पहिले यहाँबाट स्क्यान गरेर बाहिर पठाउनुपथ्र्यो, तर अब हामीले यहीँ क्लिनिकमै एलाइनर तयार गर्न थालेका छौँ ।”


क्लिनिकले विशेषज्ञ दन्त चिकित्सक, अत्याधुनिक एलाइनर फेब्रिकेसन ल्याब, सुरक्षित तथा स्वच्छ वातावरण सहित आधुनिक दन्त उपचार सेवा उपलब्ध गराइरहेको जनाएको छ । क्लिनिकका अनुसार एलाइनर सेवा सुरु भएपछि भरतपुर तथा आसपासका बिरामीलाई गुणस्तरीय, छिटो र अत्याधुनिक दन्त उपचार एकै ठाउँमा प्राप्त हुने विश्वास रहेको छ ।