अन्तराष्ट्रिय बाल दिवसमा मानव अधिकार तथा शान्ति समाज नवलपुरद्वारा व्यानर प्रदर्शनी
नवलपुर । अन्तराष्ट्रिय बाल दिवस बिहिबार विश्वभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । मानव अधिकार तथा शान्ति समाज नवलपुरद्वारा गैँडाकोटको भृकुटी चोकमा बाल अधिकार सम्बन्धि विभिन्न नारा उल्लेखित व्यानर प्रदर्शनी गरी अन्तराष्ट्रिय बाल दिवस मनाइएको हो ।
मानव अधिकार तथा शान्ति समाज नवलपुरका सभापति कमल शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय सचिव श्यामसुन्दर पराजुली, पूर्व जिल्ला अध्यक्ष माधवप्रसाद गौतम लगायत जिल्ला कार्य समितिका पदाधिकारी एवं सदस्य, बाल अधिकारकर्मी र बालबालिकाहरुको सहभागिता रहेको थियो ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाले अन्तराष्ट्रिय बाल अधिकार सम्बन्धि महासन्धि पारित गरेको थियो । सोही दिनको सम्झनामा हरेक बर्ष नोभेम्बर २० मा अन्तराष्ट्रिय बाल दिवस संयुक्त राष्ट्रसंघको आव्हानमा विश्वभर मनाउने गरिएको छ ।
