होटल पौवाको १६औं शाखा चितवनको भरतपुरमा सञ्चालन हुने, तीन दिनसम्म बृहत नेपाली खाना प्रदर्शनी

२०८२ कार्तिक २५ मंगलबार १६:५०:०० मा प्रकाशित

चितवन । “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल मन्त्र सहित होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा सञ्चालनमा ल्याउने भएको छ । नयाँ शाखाको उद्घाटनसँगै तीन दिनसम्म बृहत नेपाली खाना प्रवद्र्धन (Food Exhibition) कार्यक्रम हुने भएको छ । कात्तिक २७, २८ र २९ गतेसम्म चल्ने उक्त बृहत नेपाली खाना प्रदर्शनीमा देशभरका होटल पौवाका शाखाबाट आएका सेफहरूले तयार पारेका खाद्य कला पस्किनेछन् ।


होटल पौवाको ब्राण्डिङ विभाग प्रमुख विष्णु भण्डारीले उद्घाटन समारोह र खाना प्रवद्र्धनका लागि चितवन, नवलपुर र आसपासमा झण्डै ४५ हजार पाहुनालाई निमन्त्रणा गरिएको बताउनुभयो । “पौवाको विशिष्ट स्वाद, नेपालीपनको सेवा र आतिथ्यको वास्तविक अनुभव सहभागीहरूले प्रत्यक्ष रूपमा लिन सक्नेछन्,” भण्डारीले भन्नुभयो ।


भरतपुर शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ । आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ । विवाह, ब्रतबन्ध तथा कर्पोरेट कार्यक्रमका लागि दुईवटा ठुला हल, साना बैठक कक्ष र परिवारिक भेटघाटका लागि १० वटा फरक-फरक क्षमताका हल उपलब्ध छन् । सौराहा, मौलाकाली, मनकामना र अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरू समेटिएका विशेष टुर प्याकेजहरू पनि प्रदान गर्ने शाखाले जनाएको छ  । 


पत्रकार सम्मेलनमा होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणकाबीच पनि पौवाले पर्यटन र आतिथ्य व्यवसायलाई देशव्यापी रूपमा विस्तार गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल पर्यटकीय सम्भावनाले भरिएको मुलुक हो । पौवामा आउने हरेक पर्यटकलाई पहिलो अनुभव नै हस्पिटालिटीको हुनुपर्छ । त्यसैले पौवाले आतिथ्यता र स्वादलाई आफ्नो मुख्य लक्ष्य लिएको छ ।” उहाँले भन्नुभयो ।


त्यसैगरी, होटल पौवाका उपाध्यक्ष धु्रवराज न्यौपानेले नेपाली स्वादलाई विश्वस्तरमा पु¥याउने अभियानमा पौवा अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा केही हुँदैन भन्ने सोच तोड्दै एक सय शाखा विस्तार गर्ने लक्ष्यसहित अगाडि बढेको बताउनुभयो ।


न्यौपानेले पर्यटकमैत्री नीति, पूर्वाधार विकास र निजी क्षेत्रको लगानीलाई सरकार र समाजले साथ दिन सके नेपाल छिट्टै विश्वकै आकर्षक पर्यटन गन्तव्य बन्न सक्ने बताउनुभयो  ।


होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले भन्नुभयो “चितवन नेपालको मध्य भाग हो, देशभरका आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य । चितवन राष्ट्रिय निकुञ्ज, देवघाटधाम, मौलाकालीका जस्ता धार्मिक तथा प्राकृतिक आकर्षणकाबीच पौवाको उपस्थितिले यस क्षेत्रलाई अझ पहिचान दिन सहयोग गर्नेछ ।” होटल पौवाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति दिने उद्देश्यसहित हस्पिटालिटी क्षेत्रमा नयाँ परिभाषा ल्याएको ज्ञवालीले बताउनुभयो ।


रुपन्देहीको सालझण्डीबाट सुरु भएको पौवाको यात्रा आज चितवनमा १६औं शाखासम्म पुगेको छ । यसअघि पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिंगे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुंगा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा सञ्चालनमा छन् । हाल नेपालगञ्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन अवस्थामा रहेको छ भने ब्यांक्वेट र रेस्टुरेन्टबाट सेवा प्रवाह भैरहेको छ । पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणका लागि ल्याण्ड स्केपिङको काम भैरहेको छ ।


स्थानीय खाना बनाउन पोख्त महिला सेफहरुबाट नेपालगन्ज र भैरहवामा दाल भात, तरकारी अचार समेटिएको नेपाली खाना “भातभान्छा”को प्रवद्र्धन सुरु गरिएको छ । भातभान्छालाई महिला कर्मचारीहरुले मात्रै सम्हाल्दै आएका छन् । “नेपाली खानालाई स्तरीय रेस्टुरेन्टमा पस्किने तयारीका साथ पौवाले आफ्नो छुट्टै ब्राण्ड भातभान्छा सुरु गरेको हो ।


देशभर १,००० भन्दा बढी रोजगारी सिर्जना गर्दै आएको होटल पौवामा २५० भन्दा बढी लगानीकर्ता संलग्न छन् । विशेषतः यहाँका कर्मचारीहरूलाई पनि लगानीकर्ता बन्ने अवसर दिइएको छ, जसले पौवाको साझा स्वामित्व र साझा सफलताको भावना झल्काउँछ ।


विश्वशान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भएको पौवाको यात्रा अब देशव्यापी अभियानमा रूपान्तरण भइसकेको छ । हस्पिटालिटी र स्वादको नेपाली पहिचानलाई विश्वमाझ पु¥याउने “मिशन १०० पौवा होटल” अभियानले चितवनबाट नयाँ अध्याय सुरु गरेको हो ।