सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो

२०८२ कार्तिक २५ मंगलबार १३:४६:०० मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य सोमबार पनि उच्च दरमा बढेको हो ।

 

सुनको मूल्य आज तोलामा ४ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो तोलामा २९०० रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ कायम भएको थियो।


त्यस्तै,आज चाँदीको मूल्य तोलामा १ सय ५ रुपैयाँ बढेर तोलाको तीन हजार एकसय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।