रोहितले दार्जिलिङमा टेनिस खेल्ने

२०८२ कार्तिक २५ मंगलबार १५:३४:०० मा प्रकाशित

काठमाडौँ । नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।


नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले स्थानीय जोली टार्गेनसँग मिलेर खेल्नेछन् ।


पुरुष÷महिला सिङ्गल्स र भेट्रानको विभिन्न उमेर समूहको ६ गरी आठ स्पर्धामा खेल हुनेछ । दार्जिलिङ जिमखाना क्लबको आयोजनामा हुने प्रतियोगिताको कुल पुरस्कार राशि रु तीन लाख ८० हजार रहेको छ । रासस