आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव
काठमाण्डौ । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण आज दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।