गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालको सरुवा, लक्ष्मण गिरी आउँदैे
.2025-10-15-07-06-40.jpeg)
गैंडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालको सरुवा भएको छ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशीमा सरुवा भएको हो । उहाँको सरुवापछि गैँडाकोटको प्रहरी नेतृत्व लक्ष्मण गिरीले सम्हाल्ने हुनुभएको छ । गिरी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत हुनुहुन्थ्यो । गिरीको प्रमुख चुनौती स्थानीय क्षेत्रमा बढ्दो चोरी, जुवा र अन्य अपराध नियन्त्रण गर्नु पर्ने बताइएको छ ।
प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको सरुवा गरेको छ । असोज २८ गतेको प्रहरी महानिरीक्षकको निर्णयअनुसार सरुवा भएका कर्मचारीहरूले कात्तिक महिनादेखि दरबन्दी अनुसारको तलब भत्तासहित नयाँ जिम्मेवारी सम्हाल्ने जानकारी सूचनामा उल्लेख गरिएको छ । स्थानीयवासीले नयाँ निरीक्षकको आगमनसँगै सुरक्षा प्रवद्र्धन र अपराध नियन्त्रणमा सुधारको अपेक्षा गरेका छन्। गैँडाकोटमा विगतमा बढ्दो चोरी र जुवा घटनाले प्रहरीलाई थप सक्रिय भूमिका खेल्न आवश्यक बनाएको छ।