आइसिसी टी–२० विश्वकपः नेपाल र ओमानबीच रोमाञ्चक खेल आज

( गैंडाकोटमा ठुलो पर्दामा प्रत्यक्ष प्रसारण )

२०८२ असोज २९ बुधबार १६:३८:०० मा प्रकाशित

गैंडाकोट । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज ओमानसँग खेल्दै छ । खेल क्रिकेटप्रेमीहरूका लागि निकै उत्साहपूर्ण हुने अपेक्षा गरिएको छ।


यसै अवसरमा गैंडाकोट-२ स्थित भृकुटी चोकमा आज राति ८ः४५ बजेबाट ठूलो पर्दामा खेलको प्रत्यक्ष प्रसारण  गरिने Forward Vision Event Management का सचिव उत्सव कंडेलले जानकारी दिनुभएको छ । दुवै टोलीका लागि यो खेल अत्यन्तै महत्वपूर्ण मानिन्छ, किनभने विजेताले आगामी चरणमा आफ्नो स्थान सुनिश्चित गर्ने अवसर पाउनेछन् ।


आयोजकहरूले सबै खेलप्रेमीहरूलाई प्रत्यक्ष खेल हेर्न र आफ्नो समर्थन जनाउन आमन्त्रण गरेका छन्। खेलप्रेमीहरूले ठूलो पर्दामा बसेर खेलको रोमाञ्चकता अनुभव गर्न, साथीहरूसँग उत्साह साझा गर्न र नेपाली टोलीलाई उत्साहपूर्वक समर्थन गर्न सक्नेछन् । आजको खेलले नेपाली क्रिकेटप्रेमीहरूको उत्साहमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ।