संघीय संसद्को बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने

२०८२ असोज १ बुधबार १९:१३:०० मा प्रकाशित

काठमाडौं । संघीय संसदका दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद् भवनमा नबस्ने भएको छ । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरीक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरुले संसद् भवनलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने भएपनि संघीय संसदको बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने जानकारी दिनुभएको हो ।

निरीक्षणपछि ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको काम सम्पन्न हुने र त्यही नै संसदको बैठक बस्ने जानकारी दिनुभयो । नयाँ निर्वाचित हुने सांसदहरुले अव सिंहदरबारकै संसद भवनबाट काम गर्ने उहाँले बताउनुभयो।