अन्तरिम प्रधानमन्त्रीलाई पत्र

सम्मानीय प्रधानमन्त्रीज्यू, हे न्यायमूर्र्ति नेपालकी आमा नेपाली जनताले हजुर प्रति ठूलो भरोसा राखेको छ । सहिदहरुको सपना पूरा गर्न आमाको नेतृत्व, स्नेह र छाहारीमा गठन भएको अन्तरिम सरकारले जेन्जी युवाहरू र नेपाली जनताको माग पूरा गर्नेछ भन्ने विश्वास गरेका छौं ।
हजुरको तराजु हिजो पनि सहि थियो र आज पनि न्याय दिन डगमगाउने छैन । म बबुरोको जिज्ञासा हजुरको अनुभव अगाडि केही पनि होइन । तर पनि हजुरको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई मेरा केही विचार राखेको छु । पढेर मनन गरिदिनुहुन अनुरोध गर्दछु । शासकीय व्यवस्था माथि जेन्जी युवा नेपाली जनताको वितृष्णा जाग्नुका कारणहरु म क्रमैसँग यहाँलाई बताउँछु, भुईँ मान्छेले सतह बुझेको छ, भुईं मान्छेले जनभावना बुझेको छ, सतहको अनुभूति तपाईंलाई बताउँदैछु । ध्यानपूर्वक पढ्नुहोला ।

धेरैजसो जनप्रतिनिधि, मन्त्रीहरू र कर्मचारीहरु जनताका सेवक बनेनन् शाशक बने, भ्रष्टाचारी बने, जसका कारण
पीँधको नागरिक असन्तुष्टि बोकेर २३ र २४ गते सडकमा ओर्लिएको थियो ।
लोकतन्त्रलाई शाशकले जोकतन्त्र बनाए । बिधिको नाममा घुमाइ फिराइ कार्यालयहरुलाइ आफ्ना कार्यकर्ता भर्ती केन्द्र बनाए ।
विचौलिया दलालहरुको सल्लाह लिने उनीहरुको अनुकूल हुनेगरी नीति बनाउने र राज्यको स्रोत (करको ठूलो हिस्सा ) बाँडिचुडी गरि अकुत धन संग्रह गरे ।
संवैैधानिक निकाय र न्यायालयहरुमा, राजदुतावास, कुटनैतिक निकायमा आफ्नो कुकर्मको समेत संरक्षण गर्न्, आफ्नो अनुकूलको निर्णय गर्न आफ्ना कट्टर समर्थक नियुक्ति गर्न थाले ।
जनताका आवाजलाई दमन गर्ने र सरकारका आवाजलाई बुलन्द गर्न आफ्ना आफ्ना मिडिया तयार गरि नाटकीय प्रस्तुति गरे गर्न लगाए ।
देशमा स्थिर रोजगारीको अभियान, उत्पादकत्व वृद्धि, भ्रष्टाचार नियन्त्रण, सुशासन, शान्ति सुव्यवस्था दिनु वास्तविक लोकतन्त्रको गुण हो । तर गरिबी निवारण कोषको दुरुपयोग गरि आफ्ना कार्यकर्ता पोष्ने, आउने चुनावमा सुरक्षित हुन आफ्ना चुनावी भरियालाइ सुबिधा उपलब्ध गराउने, नक्कली फर्जी कामहरू गर्न सिकाउने र आफ्नो निर्देशन अनुसार चल्न समर्थकलाई उत्तेजित गर्ने काम गर्नु ।
दल भित्रका असल चरित्रवान युवाहरू भन्दा नेताहरूको रोजाइमा पैसावाल, डनहरु, विचौलियाहरु पर्न गए । खटेर हिँड्ने ईमानदार युवा कार्यकर्ताले गर्नुपर्ने अवसरको उपयोग नेताका नजिकका पैसावाल डनहरुले लिन थाले ।
तिनै अवसरवादीको सिफारिसमा साना नेता कार्यकर्तालाई लान्छना लाई कार्वाही हुन थाल्यो ।
संविधानलाई खल्तीमा राखी घट्नालाइ तोडमोड गरि आफ्नो अनुकुलको आफ्ना वकिलहरुलाई व्याख्या गर्न लगाउने र विपक्षका र जनताको जायज मुद्दालाई ओझेल पार्ने काम गर्नु ।
चुनावमा प्रगतिशील घोषणा तयार गर्ने, आश्वासन दिने चुनाव जितेपछि मतदातालाई दिएको आश्वासनको वेवास्ता गर्ने, आफ्नो सुविधाको लागि एकजुट भइ संसद्मा निर्णय गर्ने, महंगा गाडीहरू र सुविधा लिने ।
पुरुष मन्त्री सांसदहरूले सुबिधाको लागि आफै सुत्केरी भैदिने मानौं आफ्नो स्वार्थको लागि जे पनि गर्ने ।
सत्ता सुशासनको लागि नभई अकुत धन कमाउन, शक्तिमा रहि आफ्ना काण्डहरु बचाउन र भ्रष्टाचारीहरुको संरक्षण गर्नको लागि जे पनि गर्ने नेताहरूको प्रवृत्ति ।
ठुला तीन टाउका जोडे पछि, यीनिहरु मिले पछि संसद विधि पु¥याउन बस्ने र दास जसरी सांसदहरु ढ्याप ढ्याप गर्न मात्रै उपस्थित हुने । जनताको आवाज बोल्ने सांसदहरूलाई खिसिटिउरी गर्ने नाम मात्रको संसदीय प्रणाली हुनु ।
आफ्नै मौलिक भुमी सुहाउँदो दल नभएर विश्वबाटै हराएको विदेशी नेताको नाम जोडेर दल खोलिनु, विदेशी कै इशारामा सरकार प्रमुख बनाउनु र निर्देशन अनुसार काम गर्नु
नेपाली युवाहरू जेन्जीको चाहनालाई कहिल्यै संवोधन नगर्नु ।
एक्काइसौं शताब्दीको युवाको संचार मेरुदण्डलाई बन्द गर्ने दुस्साहस गर्नु।
जुन उद्देश्यका लागि विगतका आन्दोलनमा सहिदहरुले बलिदान दिए त्यो त्यागलाई कुल्ची आफू सुविधा भोग्ने, आलिसान महलमा बस्न , महलै भरी अकुत धन थुपार्ने, नेताहरू आफू राजसी जीवन बिताउने, आफुलाइ लोकतान्त्रिक अगुवा भन्दै जनतालाई रैती व्यवहार गर्दै झुठा भाषण दिँदै हिड्ने प्रवृत्ति । आदिआदी।
नेपाली युवाले कस्तो व्यवस्था चोहका हुन त ?
किताबी लोकतन्त्र गणतन्त्र भन्दा जनताको आर्थिक समृद्धि हुने, युवा रोजगारीको ग्यारेन्टी, निःशुल्क शिक्षा, स्वास्थ्य, जनताले जनप्रतिनिधि रिकल गर्न पाउन व्यवस्था, नेपाली मौलिक भुमी सुहाउँदो दलगत व्यवस्था ।
सानो कम खर्चिलो संसदीय प्रणाली
प्रत्यक्ष जन निर्वाचित प्रधानमन्त्री मन्त्री र राष्ट्रपति
शासन गर्न होइन कानुन बनाउन सानो आकारको संसद
विज्ञहरु युवाहरूको सानो मन्त्री मण्डल ।
प्रदेशको खारेजी ।
स्थानीय तहलाई विकास निर्माण र प्रशासकीय सम्पूर्ण अधिकार दिने राष्ट्रिय बजेटको ठूलो अंश स्थानीय तहलाई विनियोजन गर्ने, चुहावट रोक्न भ्रष्टाचार रोक्न, कडा भन्दा कडा कानुन बनाउने ।
राष्ट्रिय गौरवका ठूला आयोजना संघीय सरकार मार्फत चलाउने । युवा रोजगार उल्लेख्य दिन राष्ट्रिय उद्योगहरु संघीय सरकारले सञ्चालन गरि कडा नियमन गर्ने ।
स्थिर सरकार मार्फत दीगो विकास दिने ।
पुराना र अब हुने संसद, मन्त्रीहरु, रास्ट्रपति, प्रधानमन्त्री, आयोगका प्रमुखहरुलाइ दिने पेन्सन सुविधा, महङ्गा बंगला गाडीहरू जस्ता सुबिधा कटौती गरि सरकारी खर्चमा मितव्ययिता अपनाउने ।
स्वदेशी उत्पादनलाई संरक्षण दिने नीति ल्याउने । निर्यात बढाउन अन्तर्राष्ट्रिय गुणस्तरको सामान उत्पादन गर्न उद्यमीहरुलाई तालिमको व्यवस्था गर्ने, सरकार जमानी बसी उपकरण आपूर्ति गर्न सहजता प्रदान गर्ने
देशमा उद्योग धन्दा खोल्न युवाहरूलाई प्रोत्साहन गर्न सरकारले कामको कडा अनुगमन गर्दै सुलभ ब्याजदरमा कर्जा प्रवाह गर्न नीति बनाउने
राजनीतिक आस्थाका आधारमा पेशागत संघ संगठन खोल्न कडाइका साथ बन्देज लगाउने।
भ्रष्टाचारी र राजनीतिक बिचौलियालाइ नियन्त्रण गर्ने, सुन्य सहनशीलताको सिद्धान्त लिइ कडा दण्ड सजाय दिने ।
जनताको मौलिक हक र अधिकार, संविधान र शान्ति सुव्यवस्थितता सुनिश्चितता गर्ने ।
सबै राष्ट्रहरुसंग परराष्ट सुसम्बन्ध कायम राख्दै मैत्रीपुर्ण कुटनैतिक सम्बन्धमा जोड दिनु ।
सम्मानीय प्रधानमन्त्रीज्यू, यो देश धेरैपटक आशा बोकेर उठेको छ, तर पटक–पटक निराशामा डुबाइयो । आज फेरि आमाको छातीमा बलिदान दिने सहिदहरूको रगत ताजा छ । त्यो रगतलाई धोकेबाजी गर्ने कुनै शक्ति अब स्वीकार्य हुनेछैन । हामी तपाईंलाई नेपालको आमाको स्वरुपमा देख्छौँ–जसको न्यायपूर्ण हात, ममतामय दृष्टि र अटल आत्मबलले मात्र नयाँ पुस्ताले भविष्यमा गर्व गर्ने नेपाल निर्माण गर्न सक्छ । आजको अवसर केवल तपाईंको मात्र होइन, सम्पूर्ण नेपाली पुस्ताको हो । हामी आशावादी छौँ–यो अन्तरिम सरकार सहिदहरूको सपना, जनताको चाहना र भविष्यको नेपाल निर्माणमा अविस्मरणीय अध्याय बन्नेछ ।
एउटा देशभक्त नेपाली नागरिक
तीर्थराज रिमाल
गैंडाकोट –५