कावासोती नगरपालिकामा करिब ४८ लाखबराबरको क्षति

२०८२ असोज १ बुधबार १७:३७:०० मा प्रकाशित

कावासोती । जेनजी आन्दोलनको क्रममा कावासोती नगरपालिकामा भएको तोडफोड र आगजनीबाट करिब ४८ लाखबराबरको क्षति भएको छ । कावासोती नगरपालिकाका अनुसार क्षतिको यकिन मूल्याङ्नका क्रममा उक्त क्षति भएको विवरण प्राप्त भएको हो ।

कावासोती नगरपालिकामा ४७ लाख ५८ हजार १ सय १० रूपैयाँ ३९ पैसा क्षति भएको जनाइएको छ । जेनजी आन्दोलनको क्रममा कावासोती नगरपालिकामा दुईवटा कोठाका कागजपत्र तथा फर्निचरहरु जलेर नष्ट भएको थियो । त्यस्तै, दुईवटा स्कार्पियो र कार, २ वटा बाइक र स्कुटीमा पनि क्षति भएको थियो । त्यसैगरी, सिसा लगायतका अन्य संरचनाहरुमा पनि क्षति भएको कावासोती नगरपालिकाले जनाएको छ ।