विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।
घिसिङले पदभारग्रहणपछि तलबभत्ता, सुरक्षालगायत सुविधा आफुले नलिने बताएका छन् । उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए । त्यस्तै उनले आफूलाई माननीय नभन्न समेत आग्रह गरेका छन् ।