आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन, खसीबोका र च्याङ्ग्रा अनिश्चित

२०८२ भदौ ३० सोमबार ०८:०४:०० मा प्रकाशित

काठमाडौं । आजदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभर सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । खाद्य कम्पनीले ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङले ४० स्थानमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री सुरु गरेको हो ।

नुन, चामल, तेल, दाल, गेडागुडी, आटा, पिठोमा पाँचदेखि सात रुपैयाँसम्म छुट दिइएको छ । तर उपभोक्ताले चाडपर्वमा प्रतीक्षा गर्ने खसीबोका र च्याङ्ग्राको कारोबार भने ढुवानी समस्या र विषम परिस्थिति कारण अझै अनिश्चित रहेको कम्पनीले जनाएको छ ।

अन्य खाद्यान्न र उपभोग्य वस्तुको बिक्री भने नियमितरूपमा सञ्चालन भइरहेको छ ।