जेनजी आन्दोलनको नाममा बर्दिबास वनमा १ सय ८३ वटा सालको रुख काटियो

जनकपुरधाम । जेनजी आन्दोलनको नाममा बर्दिबासमा १ सय ८३ वटा सालको रुख कटान भएको छ। बर्दिबास नगरपालिका ५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति मातहत रहेको १ सय ८३ वटा सालको रुख कटान गरिएको हो।
उपभोक्ता समितिका अध्यक्ष विजय झाका अनुसार जेनजी आन्दोलनको दिन दिउँसै कार्यालयमा पुगेर युवाहरुले आगजनी प्रयास गरेका थिए।
कार्यालयमा आगजनी प्रयास असफल भएपछि उनीहरु दिउँसै १८ वटा सालको रुख काटेका थिए। त्यसको भोलिपल्ट बुधबार थप १ सय ६५ वटा सालको रुख काटेका थिए।
प्रहरीले बुधबार रुख काटनामा संलग्न कृष्ण घलानसहित दुई युवालाई पक्राउ गरेको थियो। तर, गाउँले संयौको संख्यामा पुगेर घेरेपछि प्रहरीले छाडेको थियो।
घटनाबारे अनुसन्धान भइरहेको छ । रुख कटनामा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्ने माग भइरहेको छ।