अबको नेतृत्वमा को ?

Gen Z आन्दोलन अहिले देशका कुनाकाप्चा भरि फैलिरहेको छ । १९ जना विद्यार्थी शहीद भइसकेका छन्, सयौं घाइते भएका छन् । कुनै पनि देशमा परिवर्तन ल्याउन क्रान्तिको ज्वाला अपरिहार्य हुन्छ । आज यही ज्वाला नेपालमा Gen Z पुस्ताले प्रज्वलित गरिरहेका छन्—भ्रष्टाचार विरुद्ध, सुशासनको लागि । यसै ज्वालाले भष्ट्र र लाजविहीन नेताहरूको कालो धन जलिरहेको छ, जनताको आवाज दबाउनेहरूले घुँडा टेकेका छन् । नेपाल गर्वले आकाश छुन खोजिरहेको छ । हामी नेपाली र नेपाल आमा गर्वमय अनुभूत गरी रहेका छौ ।
तर अहिलेको परिस्थिति हेर्दा, नयाँ आशाको दीप प्रज्वलित त भएको छ, तर त्यो दीपले भविष्य उज्यालो पार्छ कि फेरि अन्धकारतर्फ घिसार्छ भन्ने प्रश्न उभिएको छ । मुलुक माथि उठ्न नसक्नुको मूल कारण हो—असल नेतृत्वको अभाव ।
अब प्रश्न छ—Gen Z आन्दोलनको नेतृत्व को ले लिने ? कसलाई दिने ? सेनाले ? राजतन्त्रले ? वा फेरि कुनै तानाशाहले ? यदि नेतृत्व चुन्नतिर लागिएन भने, यो क्रान्ति अधुरो बन्नेछ ।
Gen Z साथीहरू, हाम्रो कार्य आधा सफल भइसकेको छ । त्यसैले अब सरकारी भवन, प्रशासनिक संरचना र ऐतिहासिक सम्पदामाथि आक्रमण गर्नुको साटो तीलाई जोगाउनतिर लागौँ—किनभने ती हाम्रो सम्पत्ति हुन्, राष्ट्रका प्रतीक हुन् ।
संयमित रहौँ, विवेकपूर्ण ढङ्गले अघि बढौँ ।
जय Gen Z !