एमाले गैँडाकोट नगरकमिटीबाट दिनेश देवकोटाको राजिनामा  

२०८२ भदौ २४ मंगलबार १४:५६:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिका वाड नं १६ का वडा सदस्य समेत रहेका एमाले नेता दिनेश देवकोटाले एमाले गैँडाकोट नगर कमिटि सदस्य पदबाट राजिनामा दिनुभएको छ । देवकोटाले आवश्यक परेको खण्डमा पार्टीको साधारण सदस्य पनि नरहने बताउनुभएको छ । उहाँले हिजो युवा विद्यार्थीहरुको आन्दोलनमा सरकारले गरेको रवैया कालो दिनको रुपमा रहेको बताउनुभयो । युवाको भावना नबुझी आन्दोलनलाई दबाउन खोजेको उहाँको भनाइ छ । देशभन्दा माथि कुनै संगठन नरहने भन्दै नेकपा एमाले गैँडाकोट नगर कमिटि सदस्य पदबाट राजिनामा दिएको दिनेश देवकोटाले बताउनुभयो ।