नवलपुरका केही क्षेत्रमा कर्फ्यू आदेश जारी

२०८२ भदौ २४ मंगलबार १५:०२:०० मा प्रकाशित

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्ला प्रशासन कार्यालय, कावासोतीले जिल्लाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।


प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेद्वारा जारी गरिएको आदेश अनुसार भदौ २४ गते दिउँसो १ः३० बजेदेखि अर्को आदेश नआएसम्मका लागि कर्फ्यू लागू गरिएको हो। जारी आदेशअनुसार कर्फ्यू अवधिमा तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवतजावत, सभा, जुलुस, प्रदर्शन, बैठक तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।


कर्फ्यू लागू हुने क्षेत्रः
गैडाकोट, बेल्टिया, रजहर, दलदले, प्रगति नगर, कावासोती, डण्डा बजार, चोरमारा, अरुणखोला, दुम्कुबास बजार क्षेत्र र उक्त बजार क्षेत्रका १ किलोमिटर दायाँ–बायाँ क्षेत्र। तर, कर्फ्यू अवधिमा अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, कृषि उपज बोकेका सवारी साधन, इन्रान बोकेका गाडी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनलाई सुरक्षाकर्मीको सहजीकरणमा सञ्चालन गर्न अनुमति हुनेछ।