आज सुनको मूल्य प्रतितोला १४ सयले बढ्यो

२०८२ श्रावण १४ बुधबार १२:०७:०० मा प्रकाशित

 काठमाण्डौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनचाँदीको मूल्य बढेको हो ।
हिजो (मंगलबार) प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको छ । योसँगै आज छापावाल सुन प्रतितोला एक लाख ९४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आज बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार तीन सय १० मा कारोबार भइरहेको छ।