गैँडाकोट-११ मा रहेको बगैचा एडभेन्चर रिसोर्टमा आगलागी 

२०८२ श्रावण १४ बुधबार १२:२५:०० मा प्रकाशित

गैँडाकोट ।  गैँडाकोट नगरपालिका-११ मा रहेको बगैचा एडभेन्चर रिसोर्टमा आज बिहान अचानक आगलागी भएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट लाखौं रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

स्थानीय स्रोतका अनुसार, आगलागी बिद्युत सर्ट सर्किटका कारण सुरु भएको बताइएको छ। आगो लागेपछि कावासोती नगरपालिका र भरतपुर महानगरबाट खटिएका दमकल, प्रहरी र स्थानीयवासीहरूको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।


रिसोर्टमा लागेको आगलागीको वास्तविक क्षतिको विवरण र थप अनुसन्धानको कार्य अगाडि बढिरहेको स्थानीय प्रशासनले जनाएको छ।