नेवा ः मिसा दबु गैँडाकोटद्वारा समीक्षा बैठक तथा सम्मान कार्यक्रम सम्पन्न

२०८२ असार २८ शनिबार १९:१२:०० मा प्रकाशित

गैँडाकोट । नेवा ः मिसा दबु गैँडाकोट नगर समितिले शनिबार गैँडाकोट–२ स्थित दुर्गा मन्दिर परिसरमा भव्य रूपमा समीक्षा बैठक तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विगतमा सम्पन्न विविध सांस्कृतिक गतिविधिहरूको समीक्षा गर्नुका साथै ती कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेवा ः देय दबु गण्डकी प्रदेश अध्यक्ष मथुरा कृष्ण श्रेष्ठले संस्कार र संस्कृतिलाई नेपाली समाजको आधारशिला भन्दै संरक्षण र प्रवद्र्धन सबैको कर्तव्य भएकोमा जोड दिनुभयो। “संस्कार र संस्कृति जन्मदेखि मृत्युसम्म जीवनलाई मार्गदर्शन गर्ने आधार हुन्,” उनले भने। साथै उनले कार्यक्रमको सफल आयोजनाप्रति शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा नेवा दय दबु गण्डकी प्रदेशका सदस्य कृष्णकुमार श्रेष्ठ, नेवा दय दबु गैँडाकोट नगर समितिका अध्यक्ष शिवजङ श्रेष्ठ, नेवा ः मिसा दबु जिल्ला समितिका उपाध्यक्ष चिजा श्रेष्ठ, नारायणी नवदुर्गा मन्दिर सेवा समितिका अध्यक्ष काजीमान श्रेष्ठ लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
समीक्षा बैठककै अवसरमा विगतका सांस्कृतिक कार्यक्रमहरूमा समाचार संकलन र प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गरेका स्थानीय सञ्चारमाध्यमहरूलाई सम्मान गरिएको थियो। नेवा ः मिसा दबु गैँडाकोट नगर समितिले सामुदायिक रेडियो विजय एफएम, रेडियो संकेत, मुकुन्दसेन टेलिभिजन सँगै संस्थालाई सहयोग गर्ने व्यक्ति र संस्थालाई सम्मान–पत्र प्रदान री सम्मान गरीएको हो । 
कार्यक्रमको नगर समिति अध्यक्ष सीता श्रेष्ठले अध्यक्ष श्रेष्ठले संस्थाले नेवा समुदायमा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै सहयोगी संस्था र व्यक्तिहरूप्रति आभार प्रकट गर्न यो कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो । उहाँले वेल विवाह, यमरी पुन्ही लगायतका संस्कृति बचाउने काम र एकताको लागि काम गरेको बताउनुभयो । 
कार्यक्रमको सुरुमा नेवारी राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। स्वागत मन्तव्य नेवा ः मिसा दबु नगर समितिकी सदस्य विमला श्रेष्ठले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव शर्मीला श्रेष्ठले गर्नुभएको थियो ।