चितवनमा लायन्स क्लब अफ चितवन चौतारीले रोप्यो ५० प्रजातिका औषधिय बिरुवा

चितवन । लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा भरतपुर-२ क्षेत्रपुरस्थित तीन खोले गुम्बा परिसरमा औषधिय प्रजातिका ५० बिरुवा शनिवार रोपिएको छ ।
बिगत ४ बर्षदेखि क्लबले गुम्वा परिसरमा नँया विरुवा रोप्ने तथा रोपिएका विरुवाको गोडमेल गर्दै आईरहेको छ । आज (शनिवार) अमला, असुरो, निम, अम्वा, दालचिनि, रुद्राक्ष लगायतका बिरुवा रोपिएको हो ।
बृक्षारोपण कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय ३२५ आरका निर्वतमान डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेले क्लवले बिगतमा पनि उत्कृष्ट कार्य गर्दै आईरहेको र आगामी दिनमा पनि यस्तै प्रभावकारी कार्यका लागि शुभकामना प्रदान गर्नुभएको थियो । विश्वव्यापी तापमानमा वृद्धिका कारण बढिरहेका समस्या समाधानमा यस्ता कार्य सहयोगी हुने उहाँको भनाई थियो ।
विश्वव्यापी तापमानमा वृद्धिले चरम मौसमी घटनाहरू जस्तै बाढी, खडेरी र आँधीबेहरी बढिरहेका छन् । कृषिमा क्षति पु¥याएर खाद्य संकट निम्तिएको, जैविक विविधता समस्या आएको , मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको अवस्थामा लायन्स क्लब अन्र्तराष्ट्रियले वृक्षारोपणलाई प्राथमिकतामा राखेको छ ।
कार्यक्रममा डिष्ट्रिक प्रथम भाईस गर्भनर प्रभाकर पण्डित, द्धितिय भाईस गर्भनर दिपेन्द्र कुमार खतिवडा, सचिब डा.गंगा सापकोटा लगायत डिष्ट्रिकका सिनियर लायनहरुले बिरुवा रोप्नुभएको थियो ।
डा.सुरेश प्रधान र डा.उमानाथ अधिकारीले संयोजन गर्नुभएको वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ चितवन चौतारी गार्गी, लायन्स क्लब अफ चितवन नवलपुर सम्वृद्धि, लायन्स क्लब अफ स्पन्दन, लायन्स क्लब अफ उत्तर गंगा, लायन्स क्लब अफ चितवन ल्याण्डमार्क, लायन्स क्लब अफ चितवन शिशु आईभिएफ, लायन्स क्लब अफ चितवन निमार्णाको सहभागिता रहेको थियो ।
लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दिपक बस्नेतको सभापतित्वमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।