चितवनको सिमलताल घटनाको आज एक वर्ष पूरा, ३९ जना यात्रु अझै बेपत्ता

चितवन । चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालबाट त्रिशूलीमा बस खसेको आज एक वर्ष पुरा भएको छ । गएको वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका थिए । उक्त बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीकाअनुसार बा प्र ०३-००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए । तीमध्ये १० जना मृत फेला परेका थिए भने १६ जना अझै बेपत्ता रहेका छन् ।
त्यस्तै, बा प्र ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए । तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको प्रमुख प्रहरी उपरीक्षक पुरीकाले जानकारी दिनुभयो ।
नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् । दुवै बस अहिलेसम्म भेटिएको छैन ।