नक्कली सुन देखाएर ठगी गरेको आरोपमा चितवनमा दुई जना पक्राउ

२०८२ असार २४ मंगलबार १३:५१:०० मा प्रकाशित

चितवन । चितवनमा नक्कली सुन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका १ बस्ने ५९ वर्षिय ढक्कल बहादुर थिङ र मकवानपुरको हेटौडा उपमहानगरपालिका १९ का ६१ वर्षिय राधाकृष्ण ढकाल रहेका छन् ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पक्राउ गरेको हो । उनीहरुले सुन जस्तो पहेँलो धातु देखाएर ठगी गरेको र डलर साट्ने भन्दै मानिसलाई झुक्याउने गरेको प्रहरीको भनाई छ  ।


पिडितको उजुरीका आधारमा उनीहरुलाई भरतपुर ३ शहिदचोकबाट नियन्त्रणमा लिइएको र उनीहरुको साथबाट प्रहरीले विभिन्न सामान र नगद समेत बरामद गरेको छ । उनीहरुलाई ठगी सम्बन्धि कसुरमा चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।