त्रिशुली र नारायणी नदी किनारमा बाढीको जोखिम, सतर्क रहन चितवन प्रशासनको अनुरोध

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशुली र नारायणी नदी आसपासका क्षेत्रहरूमा बाढीको जोखिम बढेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ । रसुवा र नुवाकोटका माथिल्लो भागमा वर्षाका कारण त्रिशुली नदीको बहाव बढेर सडक तथा पुलमा क्षति पुगेको जनाइएको छ । यसले चितवन जिल्लाभित्र त्रिशुली नदी किनारका दुवैतर्फ पनि पानीको बहाव अझै बढ्न सक्ने भएकाले नारायणी नदी किनारमा माछा मार्ने, दाउरा संकलन गर्ने, बालुवा झिक्ने जस्ता जोखिमयुक्त गतिविधि नगर्न तथा नगराउन प्रशासनले अनुरोध गरेको छ ।