आज मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

नवलपरासी पूर्व । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बादल लागेको छ । कोशी प्रदेश बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक– दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज मंगलबार दिउँसो देशभर साधारणतया बादल लाग्ने छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै हल्का हिउँ पर्ने सम्भावना रहेको छ ।
यसैगरी, आज राती देशभर आंशिक देखि साधारणतया बादल रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा र हल्का हिउँ पर्ने सम्भावना रहेको छ ।