गैंडाकोट वार्ड नम्बर ८ मा रहेका किसानहरूलाई मकै रोप्ने मेसिन वितरण ।

गैंडाकोट । नवलपरासी पुर्व गैंडाकोट वार्ड नम्बर ८ मा रहेका किसानहरूलाई लक्षित गरी मकै रोप्ने तथा मल राख्ने मेसिन वितरण गरीएको छ।
गैडाकोट वार्ड स्तरिय नमुना कृषक समुहको आयोजनामा गैंडाकोट वार्ड नम्बर ८ वडा कार्यालयको परिसरमा आज (सोमबार) भएको कार्यक्रममा वडामा रहेका ११ वटै टोल बिकास संस्थाका किसानलाई कृर्षी सामग्री बितरण गरीएको हो।
वडाको बार्षीक निती तथा कार्यक्रम अन्र्तगत ८१/८२ कोे बजेट विनियोजनबाट वडामा रहेका ११ वटै टोल बिकास संस्थाका किसानलाई हुने गरि ११ वटा मेसिन टोल बिकास सस्था मार्फत करिब १ लाख २१ हजार रकम बराबरको कृर्षी सामाग्री वितरण गरेको हो।
बितरण कृर्षी सामाग्रीमा वडा कार्यलयले ९० प्रतिशत रकम दिएको हो भने १० प्रतिशत रकम टोल बिकास सस्थाले बेहोर्ने गैंडाकोट नगरपालिका वार्ड नं ८ का वडा अध्यक्ष प्रेम सापकोटाले बताउनुभयो ।
वडाध्यक्ष सापकोटाले हाम्रो वडा मकै पकेट क्षेत्र भएकोले उत्पादनमा लागत कम होस भन्ने उद्येश्यका साथ कृषकलाई कृर्षी सामाग्री वितरण गरेको बताउनु भयो । यस भन्दा अधि पशुपालन किसानहरूलाई लक्षित गरी पशु औषधि तथा भिटामिन सामग्री वितरण गरिएको थियो भने अब वडामा रहेका मकै पोलेर आफ्नो गुजारा गर्ने साना ब्यवसायीलाई मकै पोल्ने मेसिन दिने सोच रहेको छ तेस्को लागि अहिले परिक्षण स्वरुप एउटा मेसिन ल्याउने, यदि प्रभावकारि देखियो भने अरु मेसिन ल्याएर बितरण गर्ने योजना रहेको वडा अध्यक्ष सापकोटाले बताउनु भयो ।
गैंडाकोट वार्ड नम्बर ८ टोल बिकास सञ्जाल अध्यक्ष शशिधर न्यौपानेले पहिला पहिला डोरि तानेर मकै रोप्ने गरिन्थियो भने अहिले आएर यान्त्रिकरण बाट रोप्दा समय र पैसाको बचत हुने बताउनुभयो ।
गैडाकोट वार्ड स्तरिय नमुना कृषक समुहका अध्यक्ष तारानाथ सापकोटाले मकै पकेट क्षेत्र भएको हाम्रो वडामा मकै लगाउने किसानहरु धेरै हुनुहुन्छ तर काम गर्ने मजदुरको अभाव छ तेसैले लागतलाई कसरि कम गर्न सकिन्छ भनेर परिक्षणको लागी मेसिनको माग गरेर वडाले उपलब्ध गराएको बताउनु भयो ।
कार्यक्रममा गैंडाकोट कृर्षी शाखा प्रमुख राजु शर्मा ,शुर्धसन ढु·ाना, गैंडाकोट वार्ड नम्बर ८ का जनप्रतिनिधि खगेश्वर सापकोटा, कमला आचार्य ,तर्कबहादुर थापा, टोल विकास संस्थाको प्रतिनिधि ,कृषक ,समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण गैडाकोट वार्ड स्तरिय नमुना कृषक समूहका सचिव वासुदेव आचार्यले गर्नुभएको थियो। वडाबाट वितरण गरेका सामग्रीहरू र वडाले गर्दै आइरहेको कामको बारेमा सन्तुष्ट रहेको कार्यक्रममा उपस्थीत वडाबासिहरु बताउछन् ।