विजय सामुदायिकमा विद्यार्थी नेतृत्व चयनका लागि डिजिटल मतदान, स्कुल क्याप्टेनमा सम्राट अर्याल

गैँडाकोट । विजय सामुदायिक शिक्षा सदनले आइतबार विद्यालयमा विद्यार्थी नेतृत्व चयनका लागि डिजिटल मतदान गरेको छ।
विद्यार्थीहरूको नेतृत्व चयनका लागि गरिएको डिजिटल मतदानबाट स्कुल क्याप्टेनमा सम्राट अर्याल १३० मतका साथमा विजयी हुनुभएको छ। यस्तै गरेर स्कुल भाइस क्याप्टेनमा सुशील सापकोटा १४१ मतका साथ विजय हुनुभयो। यस्तै गरेर अन्नपूर्ण हाउस क्याप्टेनमा दिप्सन गौडेल ४५ मत अन्नपुर्ण हाउस भाइस क्याप्टेनमा सामना गौतम ३१ मत त्यस्तै गरेर मकालु हाउस क्याप्टेनमा करुणा भण्डारी ३५ मत त्यस्तै गरेर मकालु हाउस भाइस क्याप्टेनमा ऋषव काफ्ले ४५ मत त्यस्तै गरेर धौलागिरी हाउसको क्याप्टेनमा अनुज पौडेल ५६ मत धौलागिरी हाउसका भाइस क्याप्टेनमा अग्रता चापागाई ४५ मतका साथ विजयी हुनुभएको छ यस्तै गरेर सगरमाथा हाउस क्याप्टेनमा अंिकंत पौडेल ४४ मत र सगरमाथा हाउसकै भाइस क्याप्टेनमा सुलक आले ५० मतका साथमा विजय हुनुभएको विजय सामुदायिक शिक्षा सदनका शिक्षक एवं शिक्षक प्रशान्त रेग्मीले जानकारी दिनुभयो ।
यसरी विद्यालयमा आयोजना भएको मतदान कार्यक्रम मार्फत आफूहरूलाई मनपर्ने आफ्नो नेतृत्व चयन गर्न पाउँदा विद्यार्थी खुसी देखिएका थिए। यसअघि विद्यालयले सामान्य तरिकाले मतदान गर्ने तरिकाको बारेमा विद्यार्थीलाई ज्ञान दिइसकेको छ भने यसपटक विद्यार्थीका लागि डिजिटल मतदान गर्ने तरिका र यसको प्रयोगका विषयमा ज्ञान दिएको विद्यालयका प्रधानाध्यापक चक्रधर पौडेलले जानकारी दिनुभयो .
विद्यार्थीहरूले आफ्नो नेतृत्व चयन गर्न पाउँदा निकै खुसी भएका थिए विजयी भए सँगसँगै विद्यालयमा विजय विद्यार्थीका लागि विजय र्याली समेत निकालिएको थियो।