मौलाकाली सामुदायिक वनले दियो कृषक समूहलाई कृषि सिँचाई सामग्री

२०८२ असार ९ सोमबार १२:१७:०० मा प्रकाशित

मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटले उपभोक्ता कृषि  समुहको लागि कृषि सिँचाइ सामग्री हस्तान्तरण गरेको छ। आइतबार औपचारिक कार्यक्रमको आयोजना गरी समूहले कृषि समूहका प्रतिनिधिलाई सो सामान हस्तान्तरण गरेको हो। वनले सिचाइको लागि पाइप वितरण  गरेको हो ।कार्यक्रममा बोल्दै गैंडाकोट वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले मौलाकाली सामुदायिक वनले वन पर्यावरण संरक्षण सँगसँगै उपभोक्ताका लागि विभिन्न किसिमका काम गरेको बताउनुभएको छ। समुदायमा रहेर समुदायको विकास सँगसँगै वन संरक्षणमा काम गरेको मौलाकाली सामुदायिक वनले उपभोक्ताको दैनिक जीवन र कृषि क्षेत्रका लागि पनि सहयोग पु¥याएको बताउनुभएको छ। मौलकाली सामुदायिक वनले स्थानीय सरकार सँगसँगै समन्वय गरेर विभिन्न काम गरेको गरेकोमा आफूलाई निकै खुसी लागेको बताउँदै आगामी दिनमा पनि सहकार्य गरेर अगाडि काम गर्ने बताउनुभएको छ।


यस्तै गरेर मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले वनले उपभोक्ताका हितका लागि विभिन्न किसिमका कार्यक्रमहरू अगाडि ल्याएको बताउनुभएको छ। उहाँले कृषि समूहका लागि कृषि सिँचाई सामग्री हस्तान्तरण गरेको बताउनुभयो साथै उहाँले यस अघि पनि विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि उपभोक्ताको सहजताका लागि काम गरिरहने पनि बताउनुभयो 


यस्तै गरेर विभिन्न कृषि समूहका अध्यक्षहरूले प्रतिनिधित्व गर्दै उहाँहरुले आफूलाई वनले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ। वनले पहिले पनि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने उहाँले अपेक्षा गर्नुभएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य वनका उपाध्यक्ष भगवान घिमिरेले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव इन्दिरा शर्माले गर्नुभएको थियो।