गैंडाकोटमा पर्यटन प्रवद्र्धन, व्यवसायीहरूको हकहित एवं खाद्य गुणस्तर सम्बन्धी एक दिने अभिमुखीकरण तालिम

गैंडाकोट । नवलपरासी पूर्व गैंडाकोटमा पर्यटन प्रवद्र्धन ,व्यवसायीहरूको हकहित एवं खाद्य गुणस्तर सम्बन्धी एक दिने अभिमुखीकरण तालिम बिहिवार सम्पन्न भएको छ।
गैंडाकोट नगरपालिकाको आर्थिक सहयोगमा मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघको आयोजनामा अभिमुखीकरण कार्यक्रम भएको हो। अभिमुखीकरण तालिममा १०० जना भन्दा बढि होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि गैंडाकोट नगरपालिकाको नगर उपप्रमुख शान्ति कोइरालाले अहिलेको अवस्थामा होटल व्यवसायीहरू निकै मर्कामा परेको अवस्था भएपनि ग्राहकहरूको मन जित्नको लागि सफा र स्वच्छ खाना खुवाउन सकियो भने आज खाना खाएर गएका ग्राहक फर्केर आउँदा पनि खाना खाने वातावरण व्यवसायीहरूले बनाउनुपर्ने सुझाव दिनुभयो ।
नगर उपप्रमुख कोइरालाले होटल व्यवसायीहरूले पनि जग्गा भाडामा लिएर कोदो खेती ,मकै खेति गरेर आफ्नो उत्पादनबाट अर्गानिक खाना खुवाइयो भने ग्राहकहरुले पनि खोजी खोजी आउने उहाँले बताउनुभयो। गैंडाकोट वार्ड नम्बर १८ मा केरा प्रशस्त पाइन्छ ,कोदो पाइन्छ त्यस्तै मकैको पनि हाम्रैै उत्पादन छ यस्तै स्थानिय उत्पादनहरू होटल व्यवसायीले प्राथामिकतामा राखेर प्रवर्धन गर्नुपर्ने कोइरालाले बताउनुभयो ।