वडा बाल सञ्जालका नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र बितरण

२०८२ जेठ २५ आइतबार ०७:५३:०० मा प्रकाशित

जेठ २४, गैँडाकोट / वडा बालक्लब सञ्जाल  गैँडाकोट १ का नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र बितरण तथा सफथ ग्रहण कार्यक्रम सम्पन्न  भएको छ । शनिबार वडा कार्यालयमा भएको कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा गैँडाकोट वडा नं  १ का वडा अध्यक्ष एवं बालमैत्री स्थानीय शासन वडा समिति अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले बालबालिकाको क्षमता विकास, मनोरञ्जन व्यवस्थापन,खेलकुद र बाल  अधिकार संरक्षणका कार्यक्रममा बालमैत्री वडाको नियम अनुसार बजेट तथा कार्यक्रम तय गरिने कुरा व्यक्त गर्नुभयो ।

 

नव निर्वाचित अध्यक्ष सरोज पोख्रेलले बालमैत्री वडाको निरन्तरतालाई मध्यनजर गरी कार्यक्रम आयोजना गर्ने कुरा व्यक्त गर्नुभयो। कार्यक्रमा बाल संरक्षण समिति संयोजक तथा निवर्तमान वडा अध्यक्ष हरिप्रसाद सापकोटा, वडा सदस्य लक्ष्मीप्रसाद चालिसे, चेलीमाया सारु, प्रेमकुमारी वि.क, वडा सचिव पदमप्रसाद अधिकारी ,बाल संरक्षण समिति गैंडाकोट नगर सदस्य जगन्नाथ उपाध्याय , नगरबाल सञ्जाल सदस्य देवेन्द्र सापकोटा लगायतको उपस्थिति  रहेको थियो ।