भरतपुर महानगरले गर्यो फुटपाथ कब्जा गर्ने व्यवसायीहरूमाथि कडाइ

चितवन । भरतपुर महानगर प्रहरीले नारायणगढको फुटपाथमा व्यवसायीहरूले फुटपाथ कब्जा गरेर व्यापार गर्न थालेकाले हिँड्दा समस्या हुने गरेको जनगुनासो आएपछि बाटोमा अवरोध गरेर राखिएका सामान जफत गर्न थालेको छ । महानगर प्रहरी नायव उपरीक्षक कृष्णहरि ढकाल नेतृत्वको टोलीले नारायणगढको लायन्सचोकदेखि पुलचोकसम्मका क्षेत्रमा फुटपाथमा राखिएका सामान जफत गरेको हो । प्रहरी नायव उपरीक्षक ढकालले कतिपय व्यवसायीलाई सचेत गरेतापनि नमानेर अटेर गरेकाले सामान जफत गरिएको बताउनुभयो । फुटपाथमा सामान नराख्न सबै व्यवसायीहरूलाई उहाँले आग्रह समेत गर्नुभयो ।