कारागारको शौचालयमा मृत भेटिए २६ वर्षीय कैदी

२०८२ बैशाख २८ आइतबार १८:३२:०० मा प्रकाशित

जाजरकोट ।  जाजरकोट कारागारमा थुनामा रहेका एक युवक झुण्डिएको अवस्थामा शौचालयमा मृत भेटिएका छन्। 

 

जबर्जस्ती करणी आरोपमा २०८१ चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएका भेरी नगरपालिका १० का २६ वर्षीय दीपक बुढा आज बिहान कारागारको शौचालयमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त प्रशाद शर्माले बताउनुभयो ।  मुद्दाको फैसला आउनुअघि नै बुढाले आत्महत्या गरेका प्रहरीको भनाइ छ ।