चितवनमा सकियो तिन दिने घर बनाउने मेला, पन्ध्र हजारले गरे अवलोकन
2025-05-11-01-08-11.jpeg)
चितवन । चितवनमा पहिलो पटक आयोजना गरिएको घर बनाउने तिनदिने मेला शनिबार सकिएको छ । भी ग्रुप र निर्माण कम्पनी एसवन होम्सको आयोजनमा वैशाख २५ गतेखदेखि २७ गतेसम्म सञ्चालनमा आएको मेलामा १५ हजारले अवलोकन गरेको मेला संयोजक विपिन कंडेलले जानकारी दिनुभयो ।
मेलामा ३० वटा स्टलका साथै नेपाल राष्ट्रिय भवन संहिता कार्यान्वयन तथा वर्तमान अवस्थाको बारेमा अन्तरक्रिया गरिएको एसवन होम्सका अध्यक्ष सुरज न्यौपानेले बताउनुभयो ।
घर बनाउने मेलामा सेवाग्राही, व्यवसायी, विद्यार्थी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।