३ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य 

२०८२ बैशाख २९ सोमबार १२:०३:०० मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  आज (सोमबार)  सुनको मूल्यमा तीन हजार सातसय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  विगत तीन दिनदेखि लगातार घट्दै आएको  सुनको मूल्य आज प्रतितोला एक लाख ८६ हजार आठसय रुपैयाँमा कारोबार भएको छ । हिजो (आइतबार)  सुनको मूल्य एक लाख ९० हजार पाँचसय रुपैयाँ थियो । गएको शुक्रबार प्रतितोला एक हजार चारसय रुपैयाँ घटेको सुनको मूल्य हिजो थप तीनसय रुपैयाँ घटेको थियो।


यस्तै, आज चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।