विकूद्वारा ३७ जना विद्यार्थीलाई विकू दिर्घकालिन छात्रवृत्ति प्रदान 

२०८२ बैशाख २६ शुक्रबार १७:५७:०० मा प्रकाशित


गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्थाले ३७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विजय विकास स्रोत केन्द्रको सभाहलमा शुक्रबार कार्यक्रम भएको हो । विकू दिर्घकालिन छात्रवृत्ति प्रदान समारोहमा विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले ५ जना विद्यार्थीबाट सुरु भएको यो छात्रवृत्ति अहिले ३७ जनालाइ दिइएको जानकारी दिनुभयो । नर्सरी देखि एसईई दिने समयसम्म विद्यार्थीहरुले निरन्तर छात्रवृत्ति प्राप्त गर्ने बताउनुभयो । हालसम्म ३ सय जना बढी विद्यार्थीलाई दिर्घकालिन छात्रवृत्ति प्रदान गरिएको पौडेलले बताउनुभयो । 


कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठले शैक्षिक विकासमा विकूको अतुलनीय भूमिका रहेको बताउनुभयो । उहाँले स्थानीय, राष्ट्रिय स्तरमा मात्र नभएर अन्र्तराष्ट्रिय रुपमा नै सिकाइको केन्द्र बनेको छ यहाँ सहकारीको सिकाइ सँगै सामाजिक आर्थिक र गैर आर्थिक सिकाइ भएको बताउनुभयो । नवलपुर र चितवनका सामुदायिक विद्यालयका विद्यार्थीका लागि भएको छात्रबृत्ति वितरण कार्य शिक्षा क्षेत्रमा टेवा पु¥याउने महत्त्त्वपुर्ण कार्य भएको बताउनुभयो । 

विकूका अध्यक्ष प्रेमप्रसाद सापकोटाले विकू विधि नीति र प्रबिधिले चलेको बताउँदै विकूले छात्रवृत्ति दिएका विद्यार्थीले के–के गरेका छन भन्ने रेकर्ड समेत राखिरहेको बताउनुभयो । उहाँले शिक्षा र वानीलाई समय दिएमा सफल बन्न सकिने र राम्रो हुने बताउनुभयो । बालबालिकाको व्यवहार वानी सुधार्न र अगाडी बढाउन अभिभावकको महत्त्त्वपूर्ण भुमिका रहेको बताउँदै सोहि अनुसार अगाडी बढ्न सुझाव दिनुभयो । उहाँले शिक्षाका लागि तिनै तहका सरकारले जिम्मेवारी बोध गर्दै अगाडी बढ्नुपर्ने बताउनुभएको छ । 

विकूका उपाध्यक्ष कालिदास गौडेलले विकूले सेयर सदस्यका लागि वित्तीय र गैर वित्तीय कार्यक्रम सञ्चालन गरी आफ्नो जीवनकालमा सक्षम बनाउने काम गरेको बताउनुभयो । 
विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटाले कुनै एक क्षेत्रमा पूर्ण ज्ञान लिनुपर्ने र जिवनलाई सोहि अनुसार अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले देशको उन्नति र प्रगतिको कुरा गर्ने हो भने लगानी गर्नुपर्ने र त्यो शिक्षामा हुनुपर्ने बताउनुभयो । भोलीको देशको भविष्य आजका विद्यार्थीका हातमा रहेकोले आजैदेखि विद्यार्थीको भविष्यका बारेमा सोच्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । 
विकू साकोसका सञ्चालक सदस्य मुना धन्ञ्जय, हिमकिरण सेवा केन्द्रका संयोजक भवानीप्रसाद बस्याल, दियालो सेवा केन्द्रका संयोजक पूर्णबहादुर श्रेष्ठ, कावासोती सेवा केन्द्रका संयोजक हेमराज महतोले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीको शैक्षिक विकास एवं उज्जवल भविष्यको कामना गर्नुभएको थियो । 
यस्तै प्रमुख अधिकृत माधवप्रसाद पौडेलले विकूले आर्थिक रुपमा विपन्न विद्यार्थीका लागि दीर्घकालिन छात्रबृत्ति वितरण गरेको बताउनुभयो ।  उहाँले ३७ जना विद्यार्थीको १० कक्षासम्म विद्यालय अध्ययन गर्दा लाग्ने सम्पूर्ण शुल्क सहयोग गर्ने बताउँदै शैक्षिक सामग्री र पोशाक समेत वितरण गरिएको जानकारी दिनुभयो । 


छात्रवृत्ति ग्रहण गर्दै जनता मावि सहिदनगरका विद्यार्थी दिपीका ढकालले छात्रवृत्तिले अध्ययनमा सहज भएको बताउँदै विकूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले विकूको सहयोगले शिक्षा हासिल गनृ र अघि बढ्न सहयोग गरेको बताउनुभयो । 
विकूको ११ अर्बको कारोबार गरिरहेको छ भने २४ सेवा केन्द्रमा १ लाख ३० हजार बढि सदस्य विकूमा आवद्ध रहेका छन् ।