गैँडाकोट इङ्लिस स्कुलमा यहि जेठ २ गते विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन हुने 

२०८२ बैशाख २६ शुक्रबार १६:४०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट इङ्लिस स्कुलमा यहि जेठ २ गते विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।

 

विद्यार्थी नेतृत्व चयन निर्वाचन प्रमुख निर्वाचन आयुक्त कृष्टि अधिकारीले २५ गते मतदाता नामावाली प्रकाशन, २६ गते शुक्रबार उमेदवारी दर्ता, दाबी विरोध, २८ गते अन्तिम सुची प्रकाशन र चुनाव चिन्ह वितरण त्यस्तै गरेर जेठ २ गते निर्वाचनको कार्यक्रम रहेको बताउनुभएको छ । विद्यालयका विद्यार्थी नेतृत्व चयनका लागि ८ पदका लागि ७ सय ८७ विद्यार्थीले मतदान गर्ने उहाँले जानकारी गराउनुभयो । विद्यालयको संस्कृति, सहकार्य र नेतृत्व सिप सिक्ने माध्यम नै अहिले नमुना निर्वाचन अभ्यास रहेको उहाँको बुझाई छ । 

 

स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख जिवन दवाडीले विद्यार्थीको व्यक्तित्व, नेतृत्व क्षमता विकास गर्न विद्यार्थीकै नेतृत्व र सहभागितामा निर्वाचन कार्यक्रम गर्न लागिएको बताउनुभयो । हरेक सिकाइका क्रियाकलापमा विद्यार्थीलाई अग्रसर गराएरै अगाडी बढिरहेको पनि उहाँले बताउनुभयो ।