पठन संस्कृति अभियानको १३ औँ शृंखला भोली हुँदै

प्राध्यापक तथा राजनितिक विश्लेषक कृष्ण खनाल प्रमुख वक्ताको रुपमा आउने

२०८२ बैशाख २६ शुक्रबार १८:५९:०० मा प्रकाशित


गैँडाकोट । पठन संस्कृति अभियानको औँ १३ औँ शृंखला भोली हुँदैछ । विजय एफएम १०१.६ ले आयोजना गरेको पठन संस्कृति अभियानको १३ औँ शृंखलामा प्राध्यापक तथा राजनितिक विश्लेषक कृष्ण खनाल प्रमुख वक्ताको रुपमा रहनुहुनेछ ।

शनिबार बिहान ७ बजे विजय विकास स्रोत केन्द्रकोे तालिम हलमा कार्यक्रम हुनेछ । त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक खनाल नागरिक लोकतान्त्रिक आन्दोलनका अगुवामध्येका एक हुनुहुन्छ । उहाँको विश्वेश्वरप्रसाद कोइराला चेतना, चिन्तन र राजनीति लगायतका पुस्तक प्रकाशित छन ।


सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्दत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । गत वैशाख १५ गतेबाट पठन संस्कृति अभियान सुरु भएको थियो ।