स्मल हार्ट एकेडेमी स्कुलले गर्यो विद्यार्थीहरुको नेतृत्व चयन

गैँडाकोट । स्माल हार्ट एकेडेमी स्कुलले राष्ट्रिय निर्वाचनको झल्को दिने गरी विद्यालयका विद्यार्थीहरुको नेतृत्व चयन गरेको छ । जसमा छात्र तर्फको नेतृत्व मा आर्यन ढकाल १ सय ३ मतका साथ निर्वाचित हुनुभएको छ भने छात्रा नेतृत्व कक्षा ९ बाट अविना रिमाल र्निविरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, रातो सदन क्याप्टेनमा उत्सव पाण्डे १९ मत र भाइस क्याप्टेनमा आशुतोष ओझा १४ मतका साथमा निर्वाचित हुनुभएको छ ।
निलो सदन क्याप्टेनमा आयन तिवारी र्निविरोध र भाइस क्याप्टेनमा रिसब अधिकारी ९ मतका साथमा निर्वाचित हुनुभएको छ ।
हरियो सदन क्याप्टेनमा युनिक थापा मगर र्निविरोध र भाइस क्याप्टेनमा पुष्कर थापा १७ मतका साथमा निर्वाचित हुनुभएको छ ।
पहेलो सदन क्याप्टेनमा सन्देश पाण्डे २६ मत र भाइस क्याप्टेनमा अजुृन अधिकारी २१ मतका साथमा निर्वाचित हुनुभएको छ ।
आज भएको निर्वाचनमा २२ जना उमेदवारहरु रहेका थिए । मतदानमा कक्षा ५ देखी कक्षा १० सम्मका २ सय ४ जना मतदाताले मतदान गरेका थिए ।
स्मल हार्ट एकेडेमी स्कुलले मतदाता गठन गरी मतदाता नामावली प्रकाशन, मतदाता सच्याउने, अन्तिम नामावली प्रकाशन, मनोनयन दाबी ,विरोधपछि नामावली प्रकाशन र अन्तिम एक दिन प्रचारप्रसार गरी आज मतदान गरेको नमुना निर्वाचन आयुक्त एवं सामाजिक शिक्षक विनोद गौतमले बताउनुभयो ।
यस मतदानबाट विद्यार्थीहरुलाई नेतृत्व चयन कसरी हुन्छ, लोकतन्त्र प्रजातन्त्र भनेको के हो ? लोकतान्त्रिक पद्धती भनेको के हो ? नेतृत्वको जिम्मेवारी के हो ? नेपालको नेतृत्व चयनको प्रक्रियाको बारेमा विद्यार्थीहरुले ज्ञान प्राप्त गर्न सक्ने चिप इलेक्शन कर्मीशन विनोद गौतमले बताउनुभयो ।
स्माल हार्ट एकेडेमीले विगत ५ वर्षदेखि आफ्ना विद्यालयमा विद्यार्थी नेतृत्व चयन कार्यक्रम गर्दै आइरहेको छ ।