शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक

२०८२ बैशाख १३ शनिबार १८:१२:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनका क्रममा शनिबार एक शिक्षकमाथि कुटपिट भएको छ । काठमाडौं महानगरपालिका-१० स्थित नेपाल शिक्षक महासंघको राष्ट्रिय आन्दोलनमा सहभागी ५४ वर्षीय शिक्षक केशवराज जोशी घाइते हुनुभएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार, दिउँसो करिब १ बजे कैलालीको धनगढी उपमहानगरपालिका-१ घर भई काठमाडौं-३१ आलोकनगर बस्ने जोशीमाथि १५-२० जना शिक्षकको समूहसँग मतभेद हुँदा कुटपिट भएको हो । जोशी धनगढीको श्री दुर्गा आधारभूत माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक हुनुहुन्छ ।

 

प्रहरीले तत्काल उद्धार गरी जोशीलाई मीनभवनस्थित सिभिल अस्पताल पु¥याएको छ । उहाँको टाउकोमा टुटुल्को उठेको र शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उहाँको उपचार भइरहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।