गैडाकोटमा शनिबारदेखि आधारभुत फुटबल प्रशिक्षण सुरु

गैंडाकोट। सानैदेखि फुटबलप्रति आकर्षण बढाई खेलाडी बनाउने उद्देश्यले गैडाकोटमा शनिबार देखि आधारभुत फुटबल प्रशिक्षण सुरु भएको छ ।
जनक नमुना माविको खेलमैदानमा शनिबार एक कार्यक्रमबीच आधारभुत फुटबल प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख अतिथि गैडाकोट नगरपालिका वडा नं ५का वडा अध्यक्ष रत्न प्रसाद सापकोटाले वडामा फुटबलको विकासका लागि खेलमैदान ठुलो नहुदा नहुदै पनि उत्कृष्ट खेलाडीहरु उत्पादन गर्न सकिन्छ भनेर कार्यक्रमको आयोजना गरेको बताउनु भयो । फुटबलको आधारभूत ज्ञान दिएर फुटबलप्रति बालबालिकालाई आकर्षित गर्ने प्रशिक्षणको उद्देश्य हो’ उहाँले भन्नुभयो ।
कार्यक्रममा गैंडाकोट जनक नमुना माबिका प्रधानाध्यापक चुडामणि शर्माले बाबुनानीहरूले खेल सँगसँगै पढाइलाई पनि महत्वका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो। बाबु नानीहरू काँचो माटो हुन् यिनीहरुलाई जस्तो बनाउन खोज्यो त्यस्तै हुन्छन त्यसैले कस्तो किसिमको खेलाडी उत्पादन गर्ने हो त्यो प्रशिक्षकको हातमा रहेको उहाँले बताउनुभयो ।
वडास्तरीय खेलकुद समितिका अध्यक्ष दोणवन सन्यासीले खेल पनि बालबालिकाको लागि अनुशासन सिकाउने, अनुशासनमा रहने, आगामी दिनमा खेलमा कसरी अगाडि बढ्ने भनेर आधारभूत फुटबल प्रशिक्षणको कार्यक्रम गरिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो बाबु नानीहरूले उत्साहका साथ यहाँ खेल्न आउनुभएको छ खेल खेल्नुपर्छ खेलाडी बनेर गाउँलाई र राष्ट्रलाई चिनाउन सक्नुपर्छ ।
वडामा हुने प्रशिक्षणमा १३ वर्ष मुनिका ६० जना भन्दा बढी बालबालिकाहरुको सहभागीता रहेको प्रशिक्षक प्रशान्त रेग्मीले जानकारी दिनुभयो ।
आधारभुत फुटबल प्रशिक्षण ३ महिना सम्म सञ्चालन गरिने छ । यसका लागि वडाले सातजना फुटबल प्रशिक्षकलाई जिम्मेवारी तोकेको छ । जस अन्र्तगत एन्फाका सि र डि लेबलका प्रशिक्षकहरु प्रशान्त रेग्मी,कमल शर्मा,अजय राना,श्रीजना रेग्मी,आशिष गुरु∙, सुबास तामा∙,सुजन लामा,बिपिन शारुमगर र बिराज राम्जालिमगरले ग्रासरुट फुटबल प्रशिक्षण गर्ने भएका छन् ।
कार्यक्रममा गैंडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्की, गण्डकी प्रदेश फुटबल संघको कोषाध्यक्ष डिलकुमारी घिमिरे ,जिल्ला बक्सिङ सङ्घका सदस्य दलबहादुर राना, गैंडाकोट नगर बक्सिङ सङ्घको अध्यक्ष शारदा शाही लगायत खेलप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो ।
गैडाकोट वडा नं ५ का वडा सदस्य तुलसीराम गौतमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण ईश्वरी खत्रीले गर्नुभएको थियो ।
के हो ग्रासरुट फुटबल ?
बिश्व भरिका चर्चित खेलाडीहरू पनि ग्रासरुट फुटबलबाटै उत्पादन भएका हुन् । विश्वमा फुटबलको ट्रेन्ड नै सानै बेलादेखि फुटबलमा रुचि भएका र सोहीअनुसार खेलाडी तयार गर्ने सिद्धान्त र प्रणालीले काम गर्दै आएको छ । नेपाली फुटबलमा पनि सोही सिद्धान्त र प्रणाली लागू गर्ने उद्देश्यले एन्फाले ग्रासरुट फुटबल कार्यक्रम अघि सारेको हो । यस कार्यक्रम अन्तर्गत ८वर्ष देखि १३ वर्ष भित्रका बालबालिकालाई बढीभन्दा बढी सहभागी गराई फुटबलमा आकर्षण गर्ने मुख्य लक्ष्य रहेको छ । त्यस्तै फुटबलमार्फत रमाइलो गराएर नजानिँदो ढंगले फुटबलमा लाग्न उत्साहित गर्ने ग्रासरुट फुटबलको उद्देश्य रहेको संयोजक सिंह बताउँछन् । ‘ग्रासरुट फुटबलमा बालबालिकालाई आकर्षित गर्न रमाइलो ढंगले फुटबल खेल र यसका प्राविधिक पक्षबारे प्रशिक्षण दिइन्छ’, उनले भने, ‘प्रशिक्षणका बीच वास्तविक फुटबल खेलाडी बन्ने बालबालिकाको पहिचान हुन्छ । उनीहरूलाई नियमित प्रशिक्षण र प्रतियोगिताको व्यवस्था हुन्छ ।’ ग्रासरुट फुटबलले फुटबलका उत्कृष्ट खेलाडीहरूको माग पूर्ति गर्ने एन्फाको विश्वास रहको छ ।