श्रीमानको किरिया बसेको ६ दिनमै श्रीमतीको पनि मृत्यु
2025-04-26-03-26-27.jpeg)
रुपन्देही । श्रीमानको मृत्यु भएर किरियामा बसेको ६ दिनमा श्रीमतीको पनि मृत्यु भएको छ । वैशाख ८ गते १२ बोर २ नाले बन्दुकले छातिमा गोली लागेर मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरका नारायण आचार्यको किरिया बसेकी श्रीमती भगवती शर्मा आचार्यको आज बिहान ९ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सूर्य रानाले जानकारी दिनुभयो ।
श्रीमानको किरिया बस्दा एक्कासी बिरामी भएकी ६० वर्षीया भगवतीको राप्ती लाइफ केयर अस्पताल मोतिपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रानाले बताउनुभयो ।