महानगरले एभरेष्ट अस्पताललाई काट्यो ५० हजार रूपैयाँ जरिवाना पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको एभरेष्ट अस्पताललाई जरिवाना तोकेको छ । अस्पतालबाट उत्पादित फोहोरको व्यवस्थापन नगरिएको पाइएकाले ५० हजार रूपैयाँ जरिवानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले बताउनुभयो ।
रसायनिक फोहोरमैला, औद्योगिक फोहोर, स्वास्थ्य संस्थाजन्य फोहोर, जोखिमपूर्ण फोहोर वा हानिकारक फोहोरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार देखि १ लाखसम्म जरिवाना गराउन सक्ने व्यवस्थाअनुरूप पत्र काटिएको राईले बताउनुभयो ।