पठन संस्कृति अभियानको १२ औं श्रृङ्खला, पठन संस्कृतिले सामाजिक परिवेशलाई बुझ्न सकिने प्रा.डा.घिमिरेको भनाई  

२०८१ चैत २९ शनिबार १९:११:०० मा प्रकाशित

गैँडाकोट । पठन संस्कृति अभियानको १२ औं श्रृङ्खलामा प्राध्यापक डा.सूर्यकान्त घिमिरेले उमेर र रुचि अनुसार विषयवस्तु बनाएर किताब पढेमा ब्रेन नलेज बढाउन सकिने बताउनुभएको छ । उहाँले पठन संस्कृतिले सामाजिक परिवेशलाई बुझ्न सकिने बताउनुभयो । सामुदायिक रेडियो विजय  एफएम र विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीले गरेको अभियान समय सान्दर्भिक रहेको बताउँदै यसको विस्तारमा जोड दिन आग्रह गर्नुभयो ।

 

प्रा.डा.घिमिरेले पठन संस्कृति अभियानले व्यक्तिमा पढ्ने बानीको विकास गराउनुका साथै समाज कता गइरहेको छ भन्ने विषयमा थाहा पाउन सहयोग पु¥याउने बताउनुभयो । उहाँले पछिल्लो पुस्ताका बालबालिकामा विद्यालयकाभन्दा बाहिरको किताब पढ्ने बानी नभएको हुँदा पठन संस्कृतिले बालबालिकामा पढ्ने बानीको विकास गराउनुका साथै उनीहरूलाई बाहिरी ज्ञान प्राप्त गर्न प्रेरित गराउने बताउनुभयो । समाज र परिवेशलाई बुझ्न प्रेरित गर्न उत्साहपूर्वक लागेको कार्यले सफलता प्राप्त गर्न सकिने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । 
                                                                                                                                                       
कृषि क्षेत्रमा विभिन्न खोज तथा अन्वेषण गर्दै कृषि क्षेत्रमा दख्खल राख्ने प्राध्यापक डाक्टर सूर्यकान्त घिमिरे विभिन्न सामाजिक तथा राजनीतिक कार्यमा पनि परिचित हुनुहुन्छ ।

कार्यक्रममा विभिन्न पाँचजना व्यक्तिले पाठकिय टिप्पणी राखेका थिए । लेखक, समीक्षक उदय अधिकारीले सुभाष घिमिरेको ‘सान्दाजु’ पुस्तकमाथि टिप्पणी राख्नुभयो। त्यस्तै, शंकर आचार्यले नेपाली नयाँ वर्ष किन ? भन्ने विषयमा टिप्पणी राख्नुभयो । विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले गैंडाकोट नगरप्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीको अति सहित्य कविताको बारेमा चर्चा परिचर्चा गर्नुभयो। त्यस्तै, मेनुका चापागाईले गोपी सापकोटाको काँचो कागजको बारेमा चर्चा गर्नुभयो । त्यस्तै, विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले नागरिक शासनमा सहभागीता भन्ने विषयमाथि चर्चा गर्नुभयो । 

 

सामुदायिक रेडियो विजय एफ.एम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्दत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । यस अभियानले सकारात्मक सोच र चिन्तनको विकास गराउन मद्दत प¥ुयाउने सापकोटाको विश्वास रहेको छ ।