शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा
नवलपुर । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले चैत्र २५ गतेबाट अनिश्चितकालीन शैक्षिक आम हड्ताल घोषणा गरेको छ । यस अवधिमा विद्यालयमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन ,तालिम गोष्ठीमा सहभागीता जस्ता कुनै पनि गतिविधि नगर्न र सम्पूर्ण शिक्षकलाई काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुन विज्ञप्ति मार्फत अपिल गरेको छ ।