नारायणी नदीमा बेपत्ता भएका दिदीभाइको शव भेटियो
 
    गैँडाकोट । नारायणी नदीमा डुबेर बेपत्ता भएका गैँडाकोटका एकैघरका दिदिभाईको शव आज (बुधबार) फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ कुमालटोल बस्दै आएका १३ वर्षिया दिक्षा सेर्पुजा र ९ वर्षिया स्वपनील सेर्पुजा बृटिसक्यापस्थित नारायणी नदिमा डुवेर हिजोदेखि बेपत्ता भएका थिए ।
हिजो साँझ पौने ६ बजे हजुरआमासँगै बृटिसक्याम्प गएका दिदिभाई हजुरआमाको चप्पल नदीमा खसेपछि सोहि चप्पल समाउन भाइ नदीमा पसेको र भाइलाई बचाउन दिदी जाँदा दिदी पनि नदीमा डुबेकी थिइन् । हिजोदेखि बेपत्ता दिदीभाइको शसस्त्र प्रहरीको चितवनको कुरिनटारबाट आएको गोताखोरको टोलीले उनीहरु डुवेको स्थानको वरपरबाट शव भेटाएको प्रहरी वरिष्ठ नायब निरीक्षक सानुकाजी विष्टले जानकारी दिनुभयो । शवको पोष्टमाटमको लागी भरतपुर सरकारी हस्पिटल लगिएको विष्टले बताउनुभयो । 
दिक्षा र स्वपनील स्थानीय नेपाल राष्ट्रिय शमशेर आर्दश माध्यामिक विद्यालयमा कक्षा ७ र कक्षा ४ को बार्षिक परिक्षा दिएर नतिजाको पर्खाईमा थिए । 
 
															 
                             
                             
                             
                            2023-07-07-02-51-33.png) 
						 
                            
                            
                            
                             
											2025-10-31-06-02-26.jpeg) 
											 
											 
											 
											 
											 
											 
                            