शिक्षा मन्त्रालयले पुनः बोलायो शिक्षकलाई वार्तामा

२०८१ चैत २५ मंगलबार १८:०६:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्रीले समेत चासो दिएर छलफल गरेको भोली पल्ट शिक्षा मन्त्रालयले फेरी वार्ताको लागि  आह्वान गरेको छ । गत चैत २० गते देखि सडक प्रर्दशनमा रहेका आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षकलाई वार्तामा बोलाएका हुन् । अहिलेसम्म औपचारिक रुपमा छलफल तथा परामर्श हुन नसकेको स्मरण गराउँदै विज्ञप्तिमा बुधबारका लागि वार्ता गर्न आह्वान गरिएको छ । 

 

वार्ता र सम्वादका लागि राहत एवं अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक,  बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी उपस्थित हुनलाई मन्त्रालयले आमन्त्रण गरेको जनाएको छ । वार्ता र सम्वादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने जनाईएको छ । 

आन्दोलनको भोली पल्ट नै मन्त्रालयले बोलाएको वार्तालाइ महासंघले बेवास्ता गरेको थियो ।